राजनीति


मधेस प्रदेशः सांसदलाई कारबाही गर्दा राप्रपाले गुमायो दलीय प्रतिनिधित्व

मधेस प्रदेशः सांसदलाई कारबाही गर्दा राप्रपाले गुमायो दलीय प्रतिनिधित्व

सुनिता विष्ट
मंसिर १९, २०८२ शुक्रबार १८:२७, हेटौँडा

मधेस प्रदेश सभामा रहेका १० राजनीतिक दलहरूमध्येको एक थियो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)। तर अब मधेस प्रदेश सभाबाट राप्रपा बाहिरिएसँगै प्रदेश सभामा ९ राजनीतिक दलको मात्रै प्रतिनिधित्व रहने भएको छ।

समानुपातिक तर्फबाट कञ्चन बिच्छा निर्वाचित हुँदै मधेस प्रदेश सभामा राप्रपाले १ सिट पाएको थियो। तर उनै बिच्छालाई पार्टीले कारबाही गरेपछि उनको सांसद पदसँगै राप्रपाले मधेस प्रदेश सभामा आफ्नो प्रतिनिधित्व समेत गुमाएको हो। 

गत कात्तिक २४ गते तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवसँगै सिन्धुलीको पानस होटलमा बिनाविभागीय मन्त्रीको शसपथ खाएकी बिच्छासँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन असन्तुष्ट थिए। उनले प्रदेश सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिँदा पनि बिच्छाले पार्टीको निर्देशन अस्वीकार गर्दै आएकी थिइन्।

तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार ढलेसँगै मंसिर ८ गते सोमबार मात्रै विभागीय जिम्मवारी पाएकी उनको मन्त्री पद पनि गुमिसकेको छ। पार्टीको निर्देशन विपरित २२ दिन मन्त्री बनेकी बिच्छाले मन्त्रीसँगै सांसद पद पनि गुमाइन्।

बिच्छालाई राप्रपाले ६ महिनाका लागि साधारण सदस्यबाट हटाई प्रदेश सभा सदस्यबाट समेत फिर्ता लिने निर्णय गरेको पत्र प्रदेश सभामा पठाएको थियो। सोही पत्रको आधारमा उनको सांसद पद खारेज गरिएको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ। राप्रपाको पत्र मंसिर १२ गते सचिवालयमा प्राप्त भएको प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाले बताए। 

राप्रपाको कारबाहीमा परेर मन्त्री पद गुमेको भोलिपल्टै सांसद पद समेत गुमाउन पुगेकी बिच्छा पार्टीले आफूमाथि अन्याय गरेको भन्दै यस विषयमा केही बोल्न नचाहाने बताइन्। यसअघि उनले दलका पदाधिकारीहरूसँग निरन्तर छलफलमै रहेको बताउँदै आएकी थिइन्। 

यो सँगै मधेस प्रदेश सभामा अब नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मात्रैको प्रतिनिधित्व रहने छ।

राप्रपा मधेस प्रदेश सभा सदस्य कञ्चन बिच्छाको सांसद पद गयो

राप्रपाबाट मधेसमा मन्त्री बनेकी बिच्छालाई प्रश्न: पार्टीले तत्काल फिर्ता हुन भने पनि तपाईँ त ‘ब्याक’ हुनु भएन नि?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad