राजनीति


मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव

मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:१०, काठमाडौँ

मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई बनाउने सहमति जुटेको छ। 

सात दलीय गठबन्धनले आज (शुक्रबार) अपरान्ह यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका हुन्।

अहिले प्रदेश सांसदहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ। केहीबेरपछि सात दलको तर्फबाट यादवलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकहाँ दाबी पेस गर्ने तयारी भएको एक सांसदले जानकारी दिए।

आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको हो।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। 

ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए। 

उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन्। 

नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।

नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad