राजनीति


देउवा र ओलीबीच महाराजगन्जमा छलफल

देउवा र ओलीबीच महाराजगन्जमा छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली।


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाराजगन्जस्थित देउवा निवासमा छलफलमा जुटेका छन्। 

एमाले अध्यक्ष ओली देउवालाई भेट्न शुक्रबार उनकै निवास महाराजगन्ज पुगेका हुन्। उनीबीच शुक्रबार अपराह्न ४ बजे छलफल सुरु भएको देउवा सचिवालय स्रोतले जानकारी दिएको छ। ‘सभापति भेट्न एमाले अध्यक्ष भरखरै आइपुग्नुभएको छ,’ स्रोतले भन्यो। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता भएको पहिलो पटक सार्वजनिक भएको हो। 

आउँदो माघ ११ मा राष्ट्रिय सभा सदस्य र फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन तय भएको छ। दुवै नेताबीच निर्वाचनबारे पनि छलफल हुने जनाइएको छ। 

जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। घाइते भएका देउवा दम्पत्ति उपचारका लागि सिंगापुर पुगेका थिए। केही समयअघि मात्रै उनी उपचार गरेर नेपाल फर्किएका थिए। 

जेनजी आन्दोलनपछि देउवाले पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी दिएर आफू आराम गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad