राजनीति


प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरबारमा भेटवार्ता

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १४:५४, काठमाडौँ

नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। 

शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल-जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरू छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको बताएका छन्। 

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भावको अपेक्षा व्यक्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad