राजनीति


प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ७:४६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ।

शुक्रबार अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्न लागेको हो। 

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन्। 

छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्य राजनीतिक दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउने जनाएका छन्। 

यसअघि प्रधानमन्त्रीले बोलाएका छलफलमा पनि ठूला दलबाट दोस्रो तहका नेता नै सहभागी हुने गरेका थिए। 

आजको बैठकमा निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । 

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। तर, अझै एमालेले भने निर्वाचन हुनेमा संशय व्यक्त गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad