राजनीति


प्रधानमन्त्रीले बोलाइन् ५ दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक

प्रधानमन्त्रीले बोलाइन् ५ दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १३:२६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएकी छिन्।

बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको हो। 

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन्। 

छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको छ। दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउन लागेका छन्। 

यसअघिका छलफलमा पनि ती दलबाट दोस्रो तहका नेताहरू नै छलफलमा सहभागी हुने गरेका थिए। 

त्यस्तै निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरूको पनि बैठकमा सहभागिता हुनेछ। 

बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad