राजनीति


रिमा विश्वकर्मा भन्छिन्ः लोडसेडिङ अन्त्यको निर्णयले कुलमानबाट प्रभावित भएँ

रिमा विश्वकर्मा भन्छिन्ः लोडसेडिङ अन्त्यको निर्णयले कुलमानबाट प्रभावित भएँ

तस्बिर: सरोज शाही


नेपालखबर
मंसिर १७, २०८२ बुधबार १५:१५, काठमाडौँ

उज्यालो पार्टी नेपालकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले लोडसेडिङ अन्त्य गर्ने निर्णयले आफू कुलमान घिसिङबाट प्रभावित भएको बताएकी छन्।

उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताएकी हुन्।

उनले भनिन्, ‘म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो। यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो।’

देशले परिणाममुखी नेतृत्व खोजिरहेको र कुलमानकै अगुवाईमा देशको भविष्य उज्यालो हुने दाबी पनि गरिन्।

उनले सोही दिनदेखि कुलमान घिसिङलाई अगुवा मानेको पनि सम्बोधनको क्रममा बताइन् ।

‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ। १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नुभयो,’ उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं। यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो।’

उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad