नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।
पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका बेला उहाँले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरालाई मान्न नहुने कुनै कारण नरहेको प्रतिक्रिया दिएका हुन्।
प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आसन्न ११ औ महाधिवेशनमा सहमतीका साथ टुंगिने दाबी समेत गरे। अध्यक्ष ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर थियो।
उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे। उनले पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओलीनै पार्टीको नेतृत्वमा उपयुक्त हुने तर्क पनि गरे।
‘नेकपा एमालेको ११औँ महाधिवेशन सहमतिका साथ, एकताका साथ सम्पन्न हुने सम्भावना देख्छु मैले’ उपाध्यक्ष पौडेलले भने, ‘अहिले चाहिँ अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिन। यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैन। अब ध्रुवको समाचार लेख्ने दिन चाहिँ २९ गतेसम्म हो कि। तर प्रतिष्पर्धा गर्ने हो भने पनि वैधानिक व्यवस्था छ, हुन्छ।’
उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे। उनले पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओलीनै पार्टीको नेतृत्वमा उपयुक्त हुने तर्क पनि गरे।
पौडेलले भने, ‘म तपाईहरूलाई बताउँछु–पाँचौ राष्ट्रिय महाधिवेशन हामीले एकेडेमीमा गरेका थियौं। महाधिवेशनमा नोमिनेशन भयो। त्यहाँ मदन भण्डारीको जब्बरजस्त प्रभाव थियो। उहाँले प्रभाव दिन भनेर गरेको पनि होइन। उहाँका विचार, उहाँका व्यवहार, उहाँका प्रस्तुति त्यसको प्रभाव थियो। नोमिनेशन सकियो, एकथरी साथीहरुले नोमिनेशन नै गरेनन्। उनीहरूलाई के लाग्यो भने चुनावमा गयो भने हारिन्छ। हार्ने चुनाव किन लड्ने? नोमिनेसन नै नगर्ने। बडो आफूलाई मूर्धन्य भनिठानेका नेताहरुले नोमिनेशन नै गरेनन। पछि यस्तो परिस्थिति बन्यो कि जसजसको नोमिनेसन भयो, त्यो पनि फिर्ता भनेर सबैको उम्मेदवारी फिर्ता भयो।’
उपाध्यक्ष पौडेलले एमालेले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए।
Shares

प्रतिक्रिया