राजनीति


एमाले महाधिवेशनमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

एमाले महाधिवेशनमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:२८, काठमाडौँ

नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन्। 

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

‘महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ। समय कम भएकाले उहाँहरूलाई नबोलाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ।’

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो। एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad