सिन्धुलीको दुधौली प्रहरीले २० वर्ष कैद सजाय भोगिरहेका एक फरार कैदीलाई पक्राउ गरेको छ।
प्रहरी चौकी दुधौलीका अनुसार उदयपुर, कटारी नगरपालिका-२ ददरिया बस्ने ४७ वर्षीय रुद्रबहादुर परियारलाई मङ्सिर १६ गते उनीकै घरबाट पक्राउ गरिएको हो।
परियार २०७९ साउन २५ गते कारागारबाट फरार भएका थिए। उनी घरमै लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचना आएपछि प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीको कमाण्डमा ३ जनाको टोली खटिएको थियो। टोलीले परियारलाई दिउँसो २ः३० बजेतिर पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय डकाहा पठाइएको दुधौली प्रहरीले जनाएको छ।
21
Shares

प्रतिक्रिया