नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपाध्यक्ष विष्णु पौडेललाई जन्मदिनको शुभकामना दिँदै भावनात्मक रूपमा आफूतर्फ आकर्षण गर्ने प्रयास गरेका छन्।
यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन तम्तयार पोखरेलले विद्या-ईश्वर प्यानल घोषणा गर्ने तयारी गरिरहेका छन्।
तर उनी ओली पक्षले उम्मेदवार निश्चित गरेपछि मात्रै आफ्नो समूह घोषणा गर्ने रणनीतिमा छन्। यस क्रममा उनको नजर ओली खेमाका पौडेलप्रति पनि छ।
यसैबीच मंगलबार उपाध्यक्ष पौडेलको जन्मदिनको अवसर पारेर वरिष्ठ उपाध्यक्ष पोखरेलले उनीहरू २ जनाको निकै पुरानो तस्बिर फेसबुकमा सेयर गर्दै भावुक स्टाटस लेखेका छन्।

उनले लेखेका छन्, ‘प्रिय विष्णु पौडेल कमरेड! जन्म दिवसका अवसरमा हार्दिक शुभकामना! जोखिम, प्रतिकूलता र दु:खका दिनमा हामी सँगै रहेको क्षण याद दिलाउने तस्बिरमा हामी दुई!’

Shares

प्रतिक्रिया