नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले १५औं महाधिवेशनमा डा शेखर कोइराला र आफूमध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई दाजुभाइ सल्लाह गरेर सभापतिको उम्मेदवार हुने बताएका हुन्।
उनले भने, 'म सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ। हामी दुई जनामध्ये एक जना लड्छौँ।’
नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा १५ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। उनले महाधिवेशनको मिति तोकिए पनि समय भने कम भएको गुनासो गरे।
258
Shares

प्रतिक्रिया