राजनीति


सिन्धुलीमा रस्साकस्सीबीच टुंगियो महाधिवेशन प्रतिनिधि, पोखरेल पक्ष हावी

सिन्धुलीमा रस्साकस्सीबीच टुंगियो महाधिवेशन प्रतिनिधि, पोखरेल पक्ष हावी

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १५:२२, हेटौँडा

एमालेको ११ औँ महाधिवेशनका लागि सिन्धुलीमा लामै रस्साकस्सीकाबीच प्रतिनिधि चयन गरिएको छ। सिन्धुली क्षेत्र नम्बर १ बाट ९ जना प्रतिनिधि चयन भएका हुन्। अन्तिममा खुलातर्फ र युवातर्फको १/१ जना प्रतिनिधिमा सहमति नजुट्दा प्रतिनिधि चयन नै अन्यौल बनेको थियो। 

उम्मेदवारहरुबीच सहमति नजुटेपछि अनौपचारिक रुपमा एउटा समिति नै बनाएर प्रतिनिधि टुंगो लगाइएको हो। एमालेका केन्द्रीय सदस्य सुवास देवकोटाको नेतृत्वमा बनेको समितिमा एमाले सिनधुलीका नेताद्वय घनश्याम राउत र लक्ष्मण कार्की रहनेगरी बनेको समितिले प्रतिनिधिको अन्तिम नाम टुंगो लगाएको हो।  

जसमा खुलातर्फ प्रदिप कटुवाल, बद्री देवकोटा, सुमन चौधरी, तारानिधि पोखरेल र पूर्ण थापा चयन भएका हुन् भने महिला तर्फ पार्वती सुनुवार, पदम माया तामाङ र मञ्जु देवकोटा चयन भएको अध्यक्ष श्रेष्ठले बताए। यस्तै, युवा तर्फबाट लालबहादुर बुढाथोकी र दलित क्लस्टरबाट सरोज विक महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्। 

यस्तै, सिन्धुली क्षेत्र नम्बर २ बाट ८ जना प्रतिनिधि सोमबार नै छनोट भैसकेका छन्। जसमा खुलातर्फ महेन्द्रदेव श्रेष्ठ, कर्णबहादुर घिसिङ, गोविन्दलाल माझी र रोमनराज गिरी प्रतिनिधि छनोट भएका हुन्।

यस्तै, महिला तर्फबाट अप्सरा खड्का, प्रमिला वाइवा र रस्मिला देवकोटा चयन भएका छन् भने युवा तर्फबाट दीपक कुमार माझी महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह हावी भएको सिन्धुलीमा प्रतिनिधि छनोट नै पेचिलो बनेको थियो। हाल छनोट भएका १८ प्रतिनिधि मध्ये ११ जना पोखरेल समूहका हुन् भने बाँकी ७ जना एमाले अध्यक्ष केपी शर्मा ओली निकटमा हुन्। 

क्षेत्र नम्बर १ बाट प्रतिनिधि चयन भएका १० जना मध्ये ६ जना पोखरेल समूह र ४ जना ओली समूहको रहेको सिन्धुलीका एमाले नेता बताउँछन्।

यस्तै, क्षेत्र नम्बर २ बाट प्रतिनिधि छनोट भएका ८ मध्ये ५ जना पोखरेल निकट रहेको बताइएको छ भने ३ जना ओली निकट रहेको नेताहरुको दाबी छ। सिन्धुलीमा १८ जना जना प्रतिनिधिका लागि ८९ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad