राजनीति


प्रहरी निरीक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा

प्रहरी निरीक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार २४, २०७६ मंगलबार ८:५४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका निरीक्षक उनले लागू औषध मुद्दामा पक्राउ परेकासँग घूस लिएको भन्दै मंगलबार अभियोग पत्र दायर भएको हो।

सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार रुपैयाँ जम्मा गर्न लगाएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारको छानबिनले उनको अभियोग पुष्टि भएपछि अभियोग पत्र दर्ता गरिएको हो।

प्रहरी निरीक्षक साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा लिई सकेको रिसवत जफत गरी ऐ। दफा ३ को उपदफा ९१०९ग० बमोजिम कैद र विगो बमोजिम जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .