राजनीति


हामीले राष्ट्र झन्डै धरापमा परेको देख्यौँ: प्रचण्ड

हामीले राष्ट्र झन्डै धरापमा परेको देख्यौँ: प्रचण्ड

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १९:४, पोखरा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएको भन्दै चेतावनी दिएका छन्। उनले अघिल्लो सरकारको 'दुई तिहाइको घमण्ड'ले राष्ट्रले ठूलो क्षति बेर्होनु परेको आरोप लगाए।

पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने अडान दोहोर्‍याए।

'हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ। सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ तर सरकारबाट हटाइयो,' 'प्रचण्ड'ले भने।
विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गर्दै उनले एकताको मूल उद्देश्य राष्ट्रको रक्षा र समृद्धिको आधार निर्माण गर्नु रहेको दाबी गरे।

निर्वाचनको वातावरण बनाउन सरकारले जनाधार भएका पार्टीसँग छलफल गर्नुपर्नेमा उनले जोड दिए। जनाधार भएका पार्टीलाई बेवास्ता गरे चुनावी वातावरण सुनिश्चित नहुने उनको भनाइ थियो।

'चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ। त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ। जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन', उनले भने।

कार्यक्रममा माधवकुमार नेपाल राष्ट्रका सामु अहिले ठूलो सङ्कट सिर्जना भएको बताउँदै यसको अन्त्यका लागि निर्वाचनको विकल्प नभएको उल्लेख गरे। नेता झलनाथ खनालले नेता खनालले नेकपालाई नेताप्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने उल्लेख गरे। कार्यक्रममा नेता भीम रावल पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad