राजनीति


रास्वपामा बिलाउन होइन, मिलाउन गएका हौं : रञ्जु दर्शना

रास्वपामा बिलाउन होइन, मिलाउन गएका हौं : रञ्जु दर्शना

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:३, काठमाडौँ

विवेकशील साझा पार्टीले बिलाउनलाई नभएर मिलाउनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको रञ्जु दर्शनाले बताएकी छन्। 

दुवै पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन्। ‘सबैले रास्वपामा बिलायौं भनिरहेका छन्। हामी बिलाउन होइन, मिलाउन गएका हौं,’ उनले भनिन्। 

वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उनको भनाइ छ। अहिलेसम्म भएको टुटफुटबाट पाठ सिकेको बताउँदै उनले भनिन्, ‘टुटेर होइन, जुटेर काम गर्नुपर्दो रहेछ।’

उनले अब आउने निर्वाचनबाट रास्वपलाई बहुमत दिलाउनुपर्ने उनको भनाइ छ। त्यसका लागि सबैलाई एकजुट भएर लाग्न आग्रह गर्दै दर्शनाले भनिन्, ‘अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनैपर्छ, वैकल्पिक शक्तिले बहुमत ल्याउनै पर्छ।’
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad