राजनीति


यूएईको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति यादव सहभागी

यूएईको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति यादव सहभागी

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ७:३३, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (यूएई) को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ काठमाडौँमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। 

नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, कामको सिलसिलामा यहाँ रहेका युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले यूएई र नेपालबीचको सम्बन्ध आपसी सद्‌भाव, सम्मान र साझा हितमा आधारित रहेको तथा दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेका बताए।

विसं २०७२ को भूकम्प, कोभिड-१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उनले बताए।

यूएईमा रहेका धेरै नेपालीले नेपालका साथै आफ्नो मुलुकको आर्थिक विकासमा योगदान गरेका चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा नेपाललाई मद्दत गर्दै आएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad