समाज


ट्रकले स्कुटरलाई ठक्कर दिँदा १८ र २५ वर्षका युवकको मृत्यु, चालक पक्राउ

ट्रकले स्कुटरलाई ठक्कर दिँदा १८ र २५ वर्षका युवकको मृत्यु, चालक पक्राउ

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८२ आइतबार ७:४६, इलाम

इलाममा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।  

शनिबार साँझ मेची राजमार्गमा पर्ने इलाम नगरपालिका-९ भञ्ज्याङ गोलाइमा  झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारी अनुसार दुर्घटना स्कुटरमा सवार इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो।  

दुर्घटनामा गम्भीर घाइते उनीहरुको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा संलग्न ट्रक चालक इलाम नगरपालिका-५  बिब्ल्याँटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad