राजनीति


सर्वपक्षीय बैठक आह्वान गर्न प्रधानमन्त्रीसँग राप्रपाको आग्रह

सर्वपक्षीय बैठक आह्वान गर्न प्रधानमन्त्रीसँग राप्रपाको आग्रह

नेपालखबर
मंसिर १३, २०८२ शनिबार २०:३६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्व राजा, राजनीतिक दल र जेनजी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री कार्कीलाई भेटेर राप्रपाले सर्वपक्षीय बैठक आह्वान गर्न आग्रह गरेको हो। अन्तरिम सरकार २०८४ सालमा हुने निर्वाचन २०८२ सालमा गराउन मात्रै नबनेको स्पष्ट पारेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। 

प्रधानमन्त्री कार्कीसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले निर्वाचन नै समस्याको समाधान नभएको उनको जिकिर गरे। अन्तरिम सरकारले देशलाई दीर्घकालीन निकास दिनुपर्ने उनको भनाइ थियो। 

त्यस्तै, राप्रपाले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीले मदतदान गर्न पाउने व्यवस्था गर्न पनि माग गरेको छ। अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरू भएकाले उनीहरूको मागलाई सम्बोधन गर्न पनि आग्रह गरेको बताए। 

जेनजीका प्रमुख व्यक्तिहरूलाई नै सिंहदरबार प्रवेश गर्न नदिने, लछारपछार गर्ने काम भइरहेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको उनले जानकारी दिए। अध्यक्ष लिङदेनले सरकारका बारेमा राप्रपाले मंसिर २३ गते काठमाडौंमा ध्यानाकर्षण सभा गर्ने र देशभर यस प्रकारका सभाहरू आयोजना गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएकोबताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad