तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचन मुलुकको वर्तमान जटिल परिस्थितिको सहज निकास भएको जनाएको छ।
सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले आज प्रेस विज्ञप्ति जारी गर्दै मुलुकलाई सहि दिशादिन मधेस, थारुहट र आदिवासी जनजातिसहित संघीयतावादी शक्तिहरूबीच एकताको लागि पनि अपिल गरेका छन्।
उनले देशमा विद्यमान वेथितिको परिस्थितिबाट प्रतित्रियावादी, प्रतिगमनकारीहरु अवांछनीय फाइदा लिने कोसिसमा रहेको भन्दै त्यसलाई निस्तेज पार्न पनि मधेस, थारुहट र आदिवासी जनजातीसहित संघीयतावादी शक्तिहरुबीच एकताको लागि सार्थक संवादको पनि अपिल गरेका छन्।

81
Shares

प्रतिक्रिया