राजनीति


देउवाले आज पनि डाके उपसभापति र महामन्त्रीसहितको छलफल

देउवाले आज पनि डाके उपसभापति र महामन्त्रीसहितको छलफल

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १२:५२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी पदाधिकारीलाई छलफलका लागि बोलाएका छन्। देउवाले कार्यवहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएका हुन्। 

नेताहरूका अनुसार बैठकमा नेता रमेश लेखकसहित अन्य केही पूर्वपदाधिकारीहरूलाई पनि बोलाइएको छ। 

सभापति देउवाले विशेष महाधिवेशनलाई रोक्ने र नियमित महाधिवशेनको पक्षमा कार्यतालिका ल्याउनका लागि संवाद गर्न बैठक बोलाएको बुझिएको छ। यसअघि देउवाले यी नेताहरूसँग बिहीबार साँझ पनि छलफल गरेका थिए। 

छलफलमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा ठोस सहमति हुन सकेन। 

बिहीबारको छलफलमा महामन्त्री थापाले सभापति देउवाले नै विशेष महाधिवेशन सम्पन्न गरेर पार्टी र देशलाई सही मार्गमा डोर्‍याउने काम गर्न प्रस्ताव गरेका थिए। तर देउवाले विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुने र पार्टी विभाजन भएको आफूले हेर्न नसक्ने बताएका थिए। 

सभापतिसहित उनीनिकट नेताहरू निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। महामन्त्रीसहितका नेताहरू भने पुस मसान्तमा नियमित महाधिवेशन नभ्याइने अवस्था भइसकेको भन्दै विशेष महाधिवेशन गरेर जानुपर्ने पक्षमा छ्न्। यही कारणले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समेत बस्न सकेको छैन। सहमतिका लागि भन्दै पटक पटक बैठक सार्ने र संवादमा बस्ने कार्य भइरहेको छ।

कार्यवाहक सभापति खड्काले सहमति नहुन्जेल बैठक सारिरहने पनि बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad