ad ad

राजनीति


केही दिनयता किमलाई देखेका छैनौंः अमेरिकी विदेशमन्त्री पोम्पेओ

केही दिनयता किमलाई देखेका छैनौंः अमेरिकी विदेशमन्त्री पोम्पेओ

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार २:९,

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले केही दिनयता उत्तर कोरियाका शासक किम जोङ-उनलाई आफूहरूले नदेखेको बताएका छन्।

फक्स न्युजसँग अमेरिकी विदेशमन्त्री पोम्पेओले भनेका छन्, ‘हामीले उनलाई देखेका छैनौं, आजका दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन। वास्तविकता बुझ्ने प्रयास गरिरहेका छौं।’

यस्तै विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया कोरोना भाइरसको महामारी वा भोकमरीबाट अति समस्याग्रस्त भएको हुन सक्ने अनुमान गरेका छन्।

उत्तर कोरियाली नेता किम पछिल्लोपटक यही अप्रिल १२ मा राष्ट्रिय सञ्चारमाध्यममा देखिएका थिए। त्यसयता उनी देखापरेका छैनन्।

त्यसपछि उनी जीवित छन् कि छैनन् भन्ने चर्चा चलिरहेको छ। कोरोनाबाट बच्न उनी उन्सानमा रहेको रिसोर्टमा बसिरहेको दाबी गरिएका खबर पनि आएका छन्।

विदेशमन्त्री पोम्पेओले किम बारे तत्कालका लागि केही जानकारी नरहेको बताए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले

सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .