राजनीति


कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो:  निर्णय गर्न नसक्ने अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो:  निर्णय गर्न नसक्ने अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १४:९, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि विशेष महाधिवेशनको विकल्प नभएको बताएको छ। आज बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जाने नेतृत्व खोज्दा डेढ महिनादेखि निर्णय गर्न नसकेको भन्दै उनीहरूले प्रश्न गरेका हुन्।  

'विधानभन्दा माथि कोही छैन। पार्टी नेता कार्यकर्ताको मनोबल उकास्ने गरी चुनावमा जाने नेतृत्व चाहिएको छ। पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जानुपर्ने छ भनेर अधिवेशन माग गरेका हौँ,' नेता देवराज चालिसेले भने, 'महाधिवेशन समयमै सम्पन्न नहुन दिसामा गयो। समयमै विशेष महाधिवेशन गरेर, जनअपेक्षाको नीति अख्तियार गरेर बलियो र सच्चिएको कांग्रेस लिएर चुनावमा जाने कुरा गरिरहेका छौँ। डेढ महिनादेखि अलमलिएको छ।' 

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि विशेष कि नियमित महाधिवेशन भन्ने विषयमा निर्णय गर्न नसकि लम्बिरहेको छ। चालिसेले निर्णय गर्न सक्ने नेतृत्व लिएर चुनावमा कसरी जाने भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने पनि बताए। 

'विशेष महाधिवेशनको अनिवार्यतालाई आत्मबोध गर्दै निर्णय गर्न नसक्ने नेतृत्व लिएर चुनावमा कसरी जाने? यसमा गम्भीर हुनुपर्छ,' उनले भने, 'दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म गर्न नसक्ने नेतृत्व सक्षम नेतृत्व त होइन। यही कारणले विशेषको महसुस भइरहेको छ। हस्ताक्षरकर्ताको विषयमा छलफल गर्ने गरी विशेष महाधिवेशन बोलाइयोस्।'

उनले विशेष महाधिवेशनको समयसीमाभित्र नियमित महाधिवेशन भए यो निवेदन स्वत: निष्क्रिय हुने र नत्र यो सक्रिय भइरहने पनि बताए। चालिसेले पार्टीको विधान पालना केन्द्रीय नेतृत्वले नगरिरहेको पनि आरोप लगाए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad