राप्रपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकता हुन नसके चुनावमा तालमेल गर्ने निणइ गरेको छ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
‘सदन र सडकको शक्ति प्रयोग गरी आफ्ना मान्यताहरू स्थापित गर्ने राप्रपा नेपालको घोषित नीति रहेको हुँदा चुनावलाई प्रयोग गर्ने कार्यमा राप्रपा नेपाल सचेत रहेको छ’ बैठकपछि महामन्त्री राजाराम बर्तौला द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने पूर्व निर्णयलाई कार्यान्वयन गर्ने प्रयत्न गरिने छ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुन नसके समान विचारधारा राख्ने अन्य समूहहरूसँग सहकार्य गरी अघि बढ्ने नीति अवलम्बन गरिने छ।’
राप्रपा नेपालले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले आन्दोलनको भावना र चाहना अनुसार काम गर्न नसकेको आरोप लगाएको छ।
जेनजी आन्दोलन एक थान सरकारको परिवर्तन र २०८४ मा हुने निर्वाचनलाई दुई वर्षअघि सार्ने मात्र आन्दोलनको माग नभएको सो दलले स्पष्ट पारेको छ।
यस्तै, पार्टीले प्राविधिक रूपमा चुनावको तयारी भइरहेको जस्तो देखिए तापनि चुनावका निमित्त अत्यावश्यक शान्ति सुरक्षाको वातावरण र राजनीतिक तयारीमा सरकारको गति अत्यन्तै सुस्त रहेको ठहर गरेको छ।
Shares

प्रतिक्रिया