ग्लोबल


पाकिस्तानले अफगानिस्तानमा फेरि गर्‍यो हवाई हमला, १० जना मारिए : तालिबान

पाकिस्तानले अफगानिस्तानमा फेरि गर्‍यो हवाई हमला, १० जना मारिए : तालिबान

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १२:५०, काठमाडौँ

अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएको र त्यसमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको बताएका छन्। 

सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका हुन्।

बीबीसी उर्दुका अनुसार, मुजाहिदले विस्फोटमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्। उनले मृतक बालबालिकाको तस्बिर पनि जारी गरेका छन्।

उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन्। जसमा कम्तीमा चार नागरिक घाइते भएका छन्।

अफगानिस्तानमा तालिबानको सरकार छ। 

कुनार प्रान्तका स्थानीयले बीबीसी पस्तोलाई बताएअनुसार उनीहरूले हिजो राति अबेर मारावारा, असदाबाद र सेलितान क्षेत्रमा ठूलो विस्फोट भएको आवाज सुनेका थिए।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सिमानाभित्र हवाई आक्रमण गरेको आरोप लगाएको यो पहिलोपटक होइन। गत महिनाको सुरुमा पनि अफगानिस्तानले पाकिस्तानलाई राजधानी काबुलसहित धेरै स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो।

पाकिस्तानले भने अफगान सरकारका प्रवक्ताले लगाएको आरोपका विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

विगतमा पाकिस्तानले अफगानिस्तानभित्र धेरै स्थानलाई निसाना बनाएको भनी काबुलले लगाएको आरोपलाई अस्वीकार गरेको छ।

यद्यपि गत महिना पाकिस्तानले आफूले अफगानिस्तानभित्रका केही सीमावर्ती क्षेत्रमा आतंकवादी लुक्ने ठाउँलाई निसाना बनाएको स्वीकार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad