राजनीति


अब चुनावको टिकटमा देउवाको हस्ताक्षर हुँदैन: गगन थापा

अब चुनावको टिकटमा देउवाको हस्ताक्षर हुँदैन: गगन थापा

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १४:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापाले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले पार्टीका नेताहरूले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो? भनेर सोधिरहेको भन्दै उनले यो नहुने बताएका हुन्। 

थापाले विधान बमोजिम विशेष महाधिवेशन हुने र उक्त महाधिवेशनबाट नयाँ सभापति निर्वाचित हुने बताए। टिकटमा तीनै नयाँ सभापतिको हस्ताक्षर हुने पनि थापाको भनाइ छ। 

'बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने- होइन,' उनले भने, 'साथीहरूले फेरी सोध्नुभयो कसरी? मैले भनेँ,  प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।'

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। उनले यसै कारणका लागि आफूले निर्वाचनअघि महाधिवेशन हुनुपर्छ भन्दै आएको पनि स्पष्ट पारेका छन्। थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि आग्रह गरे। 

'यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं' उनले भनेका छन्। 

कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad