कारोबार


४ महिनामा कुन देशबाट कति भित्रिए ईभी?

४ महिनामा कुन देशबाट कति भित्रिए ईभी?

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १४:३१, काठमाडौँ

गत साउनदेखि कात्तिकसम्म विभिन्न देशहरुबाट नेपालमा विद्युतीय सवारीसाधन (ईभी) भित्रिएका छन्। 

भन्सार विभागका अनुसार चार महिनामा चीन, भारत, थाइल्यान्ड, कोरिया, बेलायत, अमेरिकालगायतका देशबाट ईभी भित्रिएका हुन्। 

यसअनुसार चीनबाट २१ करोड ६३ लाख ३९ हजार रुपैयाँका ४८ वटा विद्युतीय मिनिबस नेपाल ल्याइएका छन्। जसबाट सरकारले ३ करोड ६७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।  

त्यसैगरी चीनबाटै ५९ करोड ९७ लाख १७ हजारका २१३ वटा माइक्रो बस भित्रिँदा सरकारलाई १५ करोड ८५ लाख ७१ हजार रुपैयाँ राजस्व आएको छ। चीनबाट जिप कार भ्यानतर्फ २४ वटा सवारीसाधन भित्रिएका छन्। ६ करोड १२ लाख ६४ हजारका यी सवारीसाधनबाट सरकारले २ करोड ६५ लाख ९ हजार राजस्व पाएको विभागले जनाएको छ।

चीनबाटै अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे ३ हजार ४८५ वटा भित्रिएको देखिएको छ। ३५ करोड ७४ लाख ११ हजारका यी तीनपांग्रे आयातबाट सरकारले १२ करोड ३९ लाख ९९ हजार राजस्व संकलन गरेको छ। 

अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे सोही अवधिमा भारतबाट ८५ वटा भित्रिएका छन्।  १ करोड १६ लाख ८९ हजारका यी साधन भित्रिँदा सरकारले ३८ लाख राजस्व संकलन गरेको छ।  

चीनबाट विद्युतीय जिप कार भ्यान (५० किलोवाटसम्म) १ अर्ब ९ करोड ७६ लाख ९५ हजार मूल्यका ६६० वटा सवारीसाधन भित्रिएबापत ४७ करोड २१ लाख ५६ हजार राजस्व सरकारलाई प्राप्त भएको छ।  

यता ५० किलोवाटसम्म भारतबाट यस्ता ३४२ वटा सवारीसाधन भित्रिएका छन्। ५९ करोड २२ लाख ९८ हजारका यी साधन आयात हुँदा सरकारले २५ करोड ६१ लाख ३२ हजार राजस्व पाएको छ।  

५१ किलोवाटदेखि १०० किलोवाटसम्म चीनबाट ३ अर्ब ३० करोड ६१ लाख ८३ हजारका १ हजार २ सय ६७ वटा भित्रिएका छन्। जसबाट २ अर्ब ९ करोड ६७ लाख ६२ हजार राजस्व प्राप्त भएको छ। 

५१ किलोवाटदेखि १०० किलोवाटसम्म भारतबाट २ सय ७६ वटा ६५ करोड ११ लाख ८० हजारका सवारीसाधन भित्रिएका छन्। यसबाट ४१ करोड ५० लाख ४५ हजार राजस्व प्राप्त हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटसम्म थाइल्यान्डबाट २ सय ८२ वटा भित्रिएका छन्। ७८ करोड ४५ लाख ६६ हजारका यी साधनबाट ५० करोड ५९ हजार रुपैयाँ आयात राजस्व संकलन भएको छ। 

यसबाहेक ५१ किलोवाटदेखि १०० किलोवाटसम्म बेलायतबाट एउटा ४९ लाख ८८ हजार भित्रिएको छ। जसबाट सरकारले ३१ लाख ७९ हजार राजस्व संकलन भएको छ। १०१ किलोवाटदेखि २०० किलोवाटसम्म चीनबाट ३४९ वटा सवारीसाधन भित्रिएको छ। ९८ करोड २० लाख १७ हजारका यी साधनबाट ८३ करोड ५६ लाख ४० हजार राजस्व संकलन भएको छ। 

१०१ किलोवाटदेखि २०० किलोवाटसम्म जर्मनीबाट ५ वटा ईभी भित्रिएको विभागले जनाएको छ। ३ करोड ७५ लाख ४८ हजारका यी साधनबाट ३ करोड १९ लाख ५१ हजार राजस्व आएको छ। त्यसैगरी १०१ किलोवाटदेखि २०० किलोवाटसम्म भारतबाट ८ वटा भित्रिएको छ। २ करोड ७९ लाख २५ हजारका यी साधनबाट पनि 
२ करोड २ लाख ७९ हजार राजस्व संकलन भएको छ। 

१०१ किलोवाटदेखि २०० किलोवाटसम्म कोरियाबाट दुई वटा १ करोड ५७ लाख २५ हजारका साधन भित्रिँदा १ करोड ३३ लाख ८१ हजार रुपैयाँ संकलन भएको विभागले उल्लेख गरेको छ। यसबाहेक १०१ किलोवाटदेखि २०० किलोवाटसम्म अमेरिकाबाट १० वटा ४ करोड ३२ लाख ७८ हजारका सवारीसाधन भित्रिएका छन्। जसबाट ३ करोड ६८ लाख २७ हजार रुपैयाँ राजस्व थपिएको छ। 

२०१ किलोवाटदेखि माथिका अमेरिकाबाट एउटा ४८ लाख ४९ हजारको सवारीसाधन भित्रिँदा ७५ लाख ७९ हजार रुपैयाँ राजस्व आएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad