नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन्।
आज जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उले जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घटने बताए।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनको भनाइ थियाे। ज्ञवालीले भने, ‘एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ। एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो। जति राजनीतिक गतिविधि बढ्छन, त्यति देशमा अराजकता घट्छ। एमाले फेरि लयमा फर्किएको छ।’
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।
आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पनि पारित गरेको छ।
महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने एमालेले जनाएको छ।
Shares

प्रतिक्रिया