ग्लोबल


पाकिस्तान : एफसी मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

पाकिस्तान : एफसी मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १३:११, काठमाडौँ

सोमबार बिहान पाकिस्तानको पेसावरमा रहेको फ्रन्टियर कोर्प्स (एफसी) को मुख्यालयमा आक्रमण भएको छ। हमलामा तीन जनाको मृत्यु भएको छ।

पाकिस्तानी प्रहरीले खैबर पख्तुनख्वा प्रान्तको पेसावरमा रहेको फ्रन्टियर कन्स्टेबुलरी मुख्यालयमा आतंककारीले आक्रमण गरेको पुष्टि गरेको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले घटनामा तीन एफसी कर्मचारीको मृत्यु भएको पुष्टि गरेका छन्।

पेसावरका प्रहरी अधिकारी मियाँ सईदले आक्रमणको पूर्ण विवरण अझै थाहा हुन नसकेको बताएका छन्।

लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार अहिलेसम्म पाँच जना घाइतेलाई अस्पतालमा ल्याइएको छ। 

पेसावर सदरमा रहेको एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad