राजनीति


अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १९:१८, काठमाडौँ

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नमार्फत लड्ने सहमति गरेका छन्। 

रेशम चौधरीका अनुसार साझा चुनाव चिह्न नाउपा नेपालको नेपालको चुनाव चिह्न चकिया (जाँतो) प्रयोग गर्ने सहमति भएको छ। 

तीनवटै पार्टी हालै पुनर्गठन भएका हुन्। जसपा नेपालबाट विभाजित भएर भनेको जसपा फेरि विभाजित बनेको छ। राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका छन्। 

नागरिक उन्मुक्ति पार्टी विभाजन गरेर चौधरीले नयाँ पार्टी गठन गरेका हुन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर महत्तोले पनि नयाँ पार्टी बनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad