राजनीति


प्रधानमन्त्रीले कहिले अरुको त कहिले आफ्नै घर भाँड्ने काम गरे : मिश्र

प्रधानमन्त्रीले कहिले अरुको त कहिले आफ्नै घर  भाँड्ने काम गरे : मिश्र

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:१६,

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले अरुको त कहिले आफ्नो घर भाँड्न समय खर्च गरिरहेको आरोप लगाएका छन्।

समाजवादी पार्टी फुटाउन संसदको अपहरण गराएकोदेखि अध्यादेशलाई लिएर नेकपाभित्र देखिएको विवादतर्फ संकेत गर्दै संयोजक मिश्रले यस्तो बताएका हुन्।

संयोजक मिश्रले अरु देशका प्रधानमन्त्रीहरु हरेक मिनेट कोरोनाबाट जनतलाई कसरी जोगाउने भरेर लागि परिरहेका बेला नेपालका प्रधानमन्त्री कहिले अरूको घर कसरी भाँड्ने, कहिले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर ‘दुई–तिहाई’ समय खर्च गरिरहेको आरोप लगाएका हुन्।

‘अरू देशका प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेछन्’, प्रधानमन्त्रीको नामै नलिइकन संयोजक मिश्रले बुधबार ट्विटरमा लेखेका छन, ‘मेरो देशका प्रधानमन्त्री कहिले अरूको घर कसरी भाँड्ने, कहिले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर ‘दुई–तिहाई’ समय खर्च गरिरहेका छन्। रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति!’

संयोजक मिश्रले सरकारको ध्यान कोरोना संक्रमणसँग जुध्न भन्दा पनि अन्यत्रै रहेको संकेत गरेका छन्।

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी सम्बन्धी अध्यादेश ल्याएपछि संत्तारुढ नेकपाभित्र उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .