ad ad

राजनीति


नेकपा विवाद समाधानका लागि घनश्याम भूसालले सुझाए तीन उपाय

नेकपा विवाद समाधानका लागि घनश्याम भूसालले सुझाए तीन उपाय

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:७,

कृषि मन्त्री घनश्याम भूसालले सत्तारुढ दलमा अहिले देखिएको समस्या समाधान गर्नेबारे तीन–बुँदे उपाय सुझाएका छन्।

पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्नका लागी उनले भनेका छन्, ‘पहिलो, नहडबडाउँ, दोस्रो संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं।’

अहिले देशले सबै पार्टी सदस्यबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउँदै उनले त्यो सुझाव व्यक्त गरेका हुन्।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ नेकपाका स्थायी समिति सदस्य समेत रहेका भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र विभाजनको प्रक्रियामा गयो।’

समस्याले उपयुक्त समाधान खोज्ने र अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताउँदै उनले भनेका छन्, आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .