राजनीति


जेनजी युवाको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड

जेनजी युवाको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १६:३९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले आफूलाई नयाँ ऊर्जा दिएको बताएका छन्। 

वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताए। भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरूले आवाज उठाउँदै आएको भए पनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको उनको भनाइ थियो। 

‘भ्रष्टाचार अहिले देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ। हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले आवाज उठाउने कोशिस गर्‍यौं, तर हाम्रो आवाज जति व्यापक रूपमा सुनिनुपर्थ्यो, सुनिएन,’ प्रचण्डले भने। 

भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरूले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ ऊर्जा दिएको उनको जिकिर थियो। भ्रष्टाचार विरोधी आन्दोलनका लागि उनले युवालाई धन्यवाद समेत दिए। 

‘म जेनजी युवालाई धन्यवाद भन्न चाहन्छु। तपाईंहरूले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी भदौ २३ र २४ मा आवाज उठाइदिनुभयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा, हामीले उठाउँदै गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईंहरूको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्‍यो,’ प्रचण्डले भने, ‘त्यसको लागि तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।’ 

उनले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad