राजनीति


सरकारले प्रहरीलाई एमाले देख्न थाल्यो, अब अदालत र सेना पनि एमाले देख्छ : ओली

सरकारले प्रहरीलाई एमाले देख्न थाल्यो, अब अदालत र सेना पनि एमाले देख्छ : ओली

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १५:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी आन्दोलनको नाममा हुलदङ्गा रोक्नेतर्फ उदासीनता देखाएको आरोप लगाएका छन्।

काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘जेनजीका नाममा केही हुल्लड तत्त्व आउँछन्। गेट तानतुन पार्छन्, भत्काउँछन् एअरपोर्टको। त्यो नरोक्ने।’

ओलीका अनुसार आन्दोलनको दोस्रो दिन प्रहरीले ढुंगामुढा सहनु परेको तर प्रतिवाद गर्ने आदेश नदिइएको थियो। उनले सरकारकै निर्णयले सुरक्षा संयन्त्र कमजोर भएको दाबी गर्दै भने, ‘सरकार एसपी फिर्ता बोलाउँछ। पहिले नै भाग्नुपर्थ्यो, किन अबेला भागिस्? जेनजीलाई पहिले नै छोड्नुपर्थ्यो, किन ढिलै छोडिस्- त्यही आरोप होइन एसपी फिर्ता बोलाउनुको?’

ओलीले सरकार र सत्ता पक्षले विभिन्न संवैधानिक तथा सुरक्षा निकायहरूलाई एमालेसँग जोडेर बदनाम गर्न खोजेको आरोप समेत लगाए। ‘अब उहाँहरूलाई प्रहरी पनि एमाले लाग्न थाल्यो,’ उनले भने, ‘अदालत पनि एमाले लाग्छ, सेना पनि एमाले लाग्छ, सशस्त्र प्रहरी पनि, कर्मचारी पनि। रेबिज लागेको जनावरले जता पनि पानी देख्छ।’

ओलीले देश नै ‘एमालेमय’ भएको जिकिर गर्दै सरकारप्रति कटाक्ष गरे। ‘यो त एमालेमय देश हो,’ उनको प्रश्न छ, ‘तपाईंहरू के गर्नुहुन्छ अब? एमालेले नेपाली सेनाका लागि काम गरेको छ। प्रहरीको काम गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad