सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध काठमाडौ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको हो। आजको खेलमा विराटनगरले कुनै परिवर्तन गरेको छैन।
काठमाडौँले तीन खेलाडी परिवर्तन गरेको छ। भीम सार्कीको स्थानमा प्रतिक श्रेष्ठ, मिलिन्द कुमार र सन्नी पटेलको स्थानमा रिकार्डो भास्कोनसेलोस र जेरहार्ड इरासमस सुरुवाति ११ मा राखेको छ।
विराटनगरको टोली: सन्दीप लामिछाने (कप्तान), प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे,
काठमाडौँको टोली: करण केसी (कप्तान), शाहब आलम, प्रतिक श्रेष्ठ, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, रिकार्डो भास्कोनसेलोस, जेरहार्ड इरासमस र जोहन सिम्पसन।
Shares

प्रतिक्रिया