राजनीति


माइतीघरमा जेनजी घाइते, बबरमहलमा एमाले

माइतीघरमा जेनजी घाइते, बबरमहलमा एमाले

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १२:४९, काठमाडौँ

आज नेकपा एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी गर्दै सडकमा र्‍याली निकालेको छ। तर त्यसको विरोधमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेहरूले भने माइतीघर मण्डलामा धर्ना दिएका छन्। 

उनीहरूले जेनजी आन्दोलनमा भएको घटनाको मुख्य दोषी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको र उनलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन्। 

उता एमालेका अध्यक्षसमेत रहेका ओलीले ओलीले बबरमहलस्थित कार्की बैंकेटमा आयोजित कार्यक्रममा भोलेन्टियर फोर्स गर्न लागेका छन्। 

त्यसअघि माइतीघर मण्डलामा भेला भएर एमालेका युवाहरूले नयाँ वानेश्वरसम्म मार्चपास गर्दैछन्। पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन फोर्स घोषणा गर्न लागिएको हो।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि जेनजीका नाममा जहाँ अवरोध हुन्छ त्यहाँ प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्। बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने बताए।

'हामी विभिन्त पेशागत संस्थासँग पनि सहकार्य गर्छौँ। अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौँ’ उनले भने। 

जेनजीका घाइतेले भने केपी ओलीको आदेशमा आफूहरूमाथि गोली हान्ने काम भएको आरोप लगाए। 'हामीमाथि गोली हान्ने केपी ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने अनि हामी यहाँ टुलुटुलु हेरेर बस्ने?' माइतीघरमा धर्ना दिएका एक घाइतेले भने।  

एमालेले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट अहिले र्‍याली निकालेको छ। उक्त र्‍याली बबलमहलस्थित कार्की बैंक्वेटमा पुग्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad