राजनीति


एमाले र जेनजीलाई संयमित बन्न कांग्रेस नेता कोइरालाको अपिल

एमाले र जेनजीलाई संयमित बन्न कांग्रेस नेता कोइरालाको अपिल

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ७:१०, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन्।

बुधबार बाराको सिमरामा भएजस्तो घटनाले सम्बन्धित दुवै पक्षलाई अप्ठेरोमा पार्ने भएकाले संयमित बन्न उनले आग्रह गरेका छन्।

बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो।

'संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो', कांग्रेस नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, 'हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।'

सम्बन्धित समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad