राजनीति


सिंहदरबारमा सर्वदलीय बैठक, प्रधानमन्त्रीले भनिन्– चुनाव बहिष्कार गर्ने दलले अराजकता रोजेको ठहरिने छ

सिंहदरबारमा सर्वदलीय बैठक, प्रधानमन्त्रीले भनिन्– चुनाव बहिष्कार गर्ने दलले अराजकता रोजेको ठहरिने छ

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १७:३०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुन र संवैधानिक दायित्व पूरा गर्न आह्वान गरेकी छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा उनले सबै दलका नेताहरूलाई मंसिर १० भित्र निर्वाचन आयोगमा दल दर्ता गराउन आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण, मितव्ययी र विश्वसनीय बनाउन सहयोग गर्न भनिन्।

प्रधानमन्त्री कार्कीले सरकारको गठन युवा पुस्ताको जायज आक्रोश र दशकौंदेखिको राजनीतिक असन्तुष्टिका आधारमा भएको बताउँदै भनिन्, ‘युवाहरूले स्पष्ट सन्देश दिए, अब पुग्यो। भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन।’ यही ऐतिहासिक जनादेशमा रहेर राष्ट्रपतिज्यूले प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा निर्वाचन घोषणा गर्नुभयो।’

उनले थपिन्, ‘हामी सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छौं-मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा दल दर्ता गराउनुहोस्। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ।’

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई सबलीकरण गर्ने र निर्वाचन प्रक्रियामा युवाको सहभागिता बढाउने पहल भइरहेको बताउँदै भनिन्, ‘हामी युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहन्छौँ। सडकको विद्रोहलाई नीति निर्माणको टेबलतर्फ डोर्‍याउन यो सरकार प्रतिबद्ध छ।’

सुरक्षा, सुशासन र निर्वाचनको पारदर्शितामा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘भड्काउयुक्त गतिविधि वा संवेदनशील जिल्लाहरूमा कुनै उपद्रव भएमा अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ। हरेक नागरिकले निर्भयताका साथ मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिनेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad