राजनीति


विपद् व्यवस्थापनमा सबै तहको सहकार्य आवश्यक : गृहमन्त्री अर्याल

विपद् व्यवस्थापनमा सबै तहको सहकार्य आवश्यक : गृहमन्त्री अर्याल

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १३:५४, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित सरकार पूर्ण रूपमा सतर्क रहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सम्भावित संकट रोक्न संघ, प्रदेश, स्थानीय तहदेखि सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाजसम्मको समन्वय, प्रतिवद्धता र सहकार्य अपरिहार्य रहेको बताए।

उनका अनुसार शीतलहर र हिमपातका समयमा जोखिममा पर्ने समुदायलाई केन्द्रमा राखेर पूर्वतयारी र तत्काल प्रतिकार्य निर्देशित गर्न सबै जिम्मेवार निकायलाई निर्देशन दिइसकिएको छ।

गृहमन्त्री अर्यालले भने, ‘संकटमा रहेका वर्ग र समुदायलाई प्राथमिकताका साथ पूर्वतयारी तथा प्रतिकार्य गर्न सबैलाई निर्देश गर्छु। कुनै पनि नागरिकले जीवन नगुमाओस्, देशको विकास प्रक्रिया अवरुद्ध नहोस् भन्ने हाम्रो लक्ष्य हो।’

हिमपात र कडाकेको जाडोले विकासका काम रोकिन सक्ने अवस्थालाई रोक्न सरकार प्रतिबद्ध रहेको उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad