राजनीति


रविको मुद्दासहित १० एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

रविको मुद्दासहित १० एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ८:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दासहित १० एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। 

रास्वपा प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सुरु हुने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो। 

उनका अनुसार यस्तो छ बैठकको कार्यसूची:

१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत)।

२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा।

३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित।

४. वाचापत्र कार्यदल विस्तार।

५. संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा (संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने)।

६. मिडिया अध्ययन कार्यदल (अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)।

७. राजनीति अध्ययन कार्यदल (राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)।

८. उम्मेदवार छनोट सिफारिस समिति विस्तार।

९. रुपन्देही-३ को उम्मेदवार सम्बन्धमा।

१०. विविध

क. राजनीतिक दल-संगठन अध्ययन कार्यदल (केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने)।

ख. जेनजी युवालक्षित अभियान सम्बन्धमा।

सहकारी ठगीको मु्द्दामा रास्वपा सभापति लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad