राजनीति


शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता

शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १६:२६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श, पूर्वतयारी तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरणका लागि ताकेता गरेको छ।
    
शैक्षिक परामर्श तथा भाषा शिक्षासम्बन्धी निर्देशिका, २०७३ बमोजिम नवीकरणका लागि कागजात पेस गर्न र लाग्ने दस्तुर तिर्न मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयद्वारा जारी सूचनामा आर्थिक वर्ष २०८१/८२ मा नवीकरण भएका ७२० संस्थाको हकमा मन्त्रालयले पछिल्लो मापदण्डअनुसार दायित्व पूरा गर्न भनिएको छ। 

समयमा निवेदन र कागजात नबुझाउने संस्थाहरूलाई मन्त्रालयले नवीकरण भएका संस्थाको सूचीमा नराख्ने सूचनामा जनाउ दिइएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad