राजनीति


संसद पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छ- पौडेल

संसद पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छ- पौडेल

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १६:०, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गरेका छन्।

मंगलबार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गरे।

उनले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए। पौडेलले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताए। 

उनले भने, ‘गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौं। हामीले सुविचार लिएर जनताको माझमा जानुपर्ने, जनतालाई संगठित गर्नुपर्ने र आन्दोलित गर्नुपर्ने परिवर्तित भूमिकामा छौं। हामीले हरेक परिस्थितिमा आफूलाई खरो रुपमा उतार्न सक्नुपर्छ जस्तो मलाई लाग्छ। हाम्रो पार्टीको पृष्ठभूमि र हाम्रो पार्टीको विगत पनि त्यस्तै छ।’

उनले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad