राजनीति


दुर्गा प्रसाईं पक्राउको विरोधमा उत्रियो राप्रपा

दुर्गा प्रसाईं पक्राउको विरोधमा उत्रियो राप्रपा

दुर्गा प्रसाईं


नेपालखबर
मंसिर २, २०८२ मंगलबार १५:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। 

राप्रपाका प्रचारविभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी प्रसाईंलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन्। 

सार्वजनिक शान्ति खलल पार्ने अभिव्यक्ति भन्दै प्रहरीले प्रसाईंलाई गएराति घरबाटै पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। 

'अभिव्यक्ति दिएकै आधारमा ई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ,' विज्ञप्तिमा उल्लेख छ, 'प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ। प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad