राजनीति


जेनजी आन्दोलनको घटनाको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिन सक्दैन: एमाले

जेनजी आन्दोलनको घटनाको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिन सक्दैन: एमाले

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १५:०, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनतर्फ संकेत गर्दै त्यसबेलाका घटनाहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले लिनै नसक्ने बताएका छन्।  

मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले जिम्मा लिन नसक्ने बताएका हुन्। 

'शान्ती सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने कुरा सही होइन,' उनले भने, 'जेनजीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न सक्दैन। सरकारले मुलुकलाई अगाडि होइन पछाडि धकेलिरहेको छ।'

उनले आजको बैठकको मुख्य एजेन्डा संसद् पुनर्स्थापनाका लागि बल पुर्‍याउनु रहेको पनि बताए। 'संसद् पुनस्थापनामा बल पुर्याउनका लागि बैठक आयोजना गरिएको हो,' उनले थपे, 'संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत छ। विगतका फैसला र नजीरले पनि संसद् पुनर्स्थापना आवश्यक देखिन्छ। राजनीतिको बिग्रेको कोर्स यही बिन्दुबाट सुधार्नु पर्दछ।'

उनले चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त नरहेको अवस्थामा एमालेले त्यसको पैरवी गर्दै नहिँड्ने बताए। भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए। त्यसक्रममा ७६ जना जेनजी आन्दोलनमा सहभागी भएकाहरूको ज्यान गएको थियो। 

गोली चलाउने र धरपकड गर्ने कार्यको जिम्मा ओलीले नै सरकार प्रमुखको हैसियतबाट लिनुपर्ने आवाज उठिरहेको बेला एमालेले भने त्यसको जिम्मा प्रधानमन्त्रीले लिन नसक्ने बताएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad