कारोबार


सेयरबजारमा सुधार, १९७ वटा सेयरको मूल्य बढ्यो

सेयरबजारमा सुधार, १९७ वटा सेयरको मूल्य बढ्यो

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १५:८, काठमाडौँ

सेयरबजारमा आज १३.८० अंकको सुधार आएको छ। नेप्से उक्त अंकले बढेर २५६४.१६ विन्दुमा पुगेको हो। 

मंगलबार १९७ वटा सेयरको मूल्य बढेको छ भने ५१ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। योसँगै कुल कारोबार आज ४ अर्ब रुपैयाँको पुगेको छ। 

लगानीकर्ताले आज ९१ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री गरेका हुन्। 

आजको कारोबारमा सागर डिस्टिलरी र माबिलुङ इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बुंगल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार ९ प्रतिशत माथि दरले बढेका छन्। 

एभरेस्ट बैंकको डिबेन्चर भने सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ। 

कारोबारमा आज साहस ऊर्जा अगाडि छ। कम्पनीको २२ करोडको कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad