सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ। बुधबार साँझ ५ बजे बैठक बस्ने जानकारी आएको एक सचिवालय सदस्यले बताए।
पछिल्लो समय नेकपामा बढ्दै गएको किचलोका कारण सचिवालय बैठक अनिश्चित बनेको थियो। तर मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटघाट भएपछि सचिवालय बैठक बोलाइएको हो।
नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरेर अध्यक्षद्वयलाई केही दिन अघि पत्र बुझाएका थिए। मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षधर नेताहरुबीच भएको छलफलपछि सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो।
नेकपाको सचिवालय बैठकपछि स्थायी कमिटिको बैठक बस्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया