राजनीति


नेपाली कम्युनिस्ट पार्टीलाई सबै पुस्ताको साझा पार्टी बनाउँछौँ : नेता खनाल

नेपाली कम्युनिस्ट पार्टीलाई सबै पुस्ताको साझा पार्टी बनाउँछौँ : नेता खनाल

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १८:९, काठमाडौँ

नवगठित नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सबै पुस्ताले अपनाउन सक्ने साझा राजनीतिक शक्तिको रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरेका छन्। युवा सहभागिता, संगठन निर्माण र कम्युनिस्ट एकतालाई पार्टीको प्रमुख एजेन्डा बनाइने उनले स्पष्ट पारे।

आइतबार पेरिडाँडामा बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले पार्टीलाई सुदृढ बनाउन देशभर प्रदेश-प्रदेशमा सन्देश सभा सञ्चालन गरिने जानकारी दिए।

उनका अनुसार कम्युनिस्ट एकताको प्रयास कसैको विरोधमा नभई जनतालाई जागृत, संगठित र समाजवादमुखी बनाउने उद्देश्यका साथ अघि बढाइएको हो। अन्य केही राजनीतिक दलहरूसँग पनि एकताका सम्भावनाबारे संवाद भइरहेको उनले बताए।

‘अब पार्टीलाई हामी नेपाली विशेषताको समाजवादमा लैजाने हो,’ खनालले भने, ‘यो एकता अरु कसैको विरुद्ध होइन। आम जनतालाई संगठित गर्दै समाजवादको बाटोतर्फ लैजानु नै हाम्रो लक्ष्य हो। कम्युनिस्ट पार्टी भनेको युवा, जना-पाका र किशोर सबैको पार्टी हो। त्यसैले युवा सहभागिता बढाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ।’

पार्टीले युवालाई प्रोत्साहन गर्ने, संगठनलाई बलियो बनाउने र एकतामुखी अभियानलाई मुख्य प्राथमिकता दिने खनालले बताए। उनका अनुसार नेपाली विशेषतामा आधारित समाजवाद निर्माणमा पार्टी दृढ प्रतिबद्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad