राजनीति


३ वर्षअघि केपी ओलीलाई छाडेका बलम्पाकी र दाहालले प्रचण्डलाई पनि छाडे

३ वर्षअघि केपी ओलीलाई छाडेका बलम्पाकी र दाहालले प्रचण्डलाई पनि छाडे

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ८:५८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र सीता दाहालले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन्। 

तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय बलम्पाकी र दाहाल पतिपत्नीसमेत हुन्। 

उनीहरूले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका छन्। 

महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्रै एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। अहिले फेरि उनीहरूले प्रचण्डको पनि साथ छाडेका हुन्। 

कात्तिक २९ गते प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘पछिल्लो पटक राजनीतिमा देखिएको चरम विकृति, भ्रष्ट आचरण र त्यसले राष्ट्र तथा जनतालाई पारेको बहुआयामिक संकटलाई यथास्थितिमा बोकेर हिँड्न नसक्ने निर्णयमा पुगेका छौँ।’

भाद्र २३ र २४ गतेको युवा विद्रोहपछि नेपालको राजनीतिक दल, राज्यका संरचना र समाजको पुनर्संरचनाको ध्येय स्पष्ट भए पनि त्यसो हुने बाटोमा नगएको बलम्पाकीले बताए। 

‘प्रचण्ड जीले यो मुलुकमा परिवर्तनको लागि बिगतमा ठूलो योगदान गर्नु भएको छ,’ बलम्पाकीले नेपालखबरसँग भने, ‘तर, अबको युगको नेतृत्व प्रचण्डबाट हुन सक्दैन।’ 

उनीहरुले देशभक्त, प्रगतिशील, वामपन्थी, लोकतान्त्रिक, समाजवादी शक्ति र नयाँ पुस्तालाई पनि प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad