बागमती


मकवानपुरमा मोटरसाइकल खोलामा खस्दा २ जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल खोलामा खस्दा २ जनाको मृत्यु

दुर्घटनास्थल


सुनिता विष्ट
कात्तिक ३०, २०८२ आइतबार ९:२०, हेटौँडा

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका वडा नम्बर २ को सिमानास्थित बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। 

घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना गएराति भएको हो।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेको छ।

आइतबार (आज) बिहान स्थानीयले दुर्घटनामा परेको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरी प्रमुख बोहोराले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad