राजनीति


मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १४:५१, काठमाडौँ

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन संसद्‌को राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालसँग समितिले निर्वाचन तयारीबारे विस्तृत जानकारी लिएको थियो। छलफलपछि समितिले मुलुकमा शान्ति-सुरक्षाको सुदृढता र निर्वाचनमा जनताको स्वतन्त्र सहभागिता सुनिश्चित गर्नका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको हो।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले निर्देशन दिँदै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गर्न प्रहरीको मनोबल उच्च बनाउने, जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्ने र ती हतियार लुट्नेहरुलाई खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने निर्देशन दिए।

‘जेलबाट भागेका फरार कैदीबन्दीलाई पुनः कारागारमा ल्याई मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयले तत्काल कदम चाल्नुपर्छ,’ शेर्पाले भने।

बैठकमा समितिले आगामी निर्वाचनको तयारी, शान्ति-सुरक्षाको अवस्था र जनस्तरमा विश्वास पुनःस्थापना गर्न सरकारको योजना सम्बन्धमा पनि छलफल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad